२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत थियो : गगन थापा


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 8.6K
    SHARES

  • images
    निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत थियो : गगन थापा

     

    काठमाडौं, २ असोज । निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने हुँदा निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत रहेको बताएका हुन् ।

    उनले भने,‘नेपालमा लोकतन्त्रको जुन ठाउँमा छौं निर्वाचनको जुन अभ्यासमा छौं । यो सबै ठाउँमा बसेर हेर्दा निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ जसको कारणले गर्दा हाम्रो लोकतन्त्रले जुन चरित्र र शिषेता बोक्नुपर्ने हो, त्यो सक्दैन । त्यसैले निर्वाचन भन्दा अगाडिको गठबन्धन रणनीतिको हिसाबले फाईदा होला तर सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक हिसाबले गलत छ । त्यसलाई कुनै रणनीति बनाएर देशको सेवा गर्न मिल्दैन ।’

    उनले पछिल्लो समयमा विश्वभरी नै प्रजातन्त्रमा पपुलिजमको एकदमै ठूलो चुनौती रहेको टिप्पणी गरे । पपुलिजम रोग जस्तै सल्किँदै आउने भएकाले यसले सबै क्षेत्रमा गाँजेको उनको भनाई छ । उनले भने,‘पछिल्लो समयमा नेपालमा मात्र नभएर विश्वभरी नै प्रजातन्त्रको एकदमै ठूलो चुनौती भनेको नै पपुलिजमको चुनौती रहेको छ । यो पपुलिजम एउटै आकार र स्वरूपमा आउँदैन । यो पनि एउटा रोग जस्तै सल्किँदै आउने हो । यसले मिडियालाई पनि गाँजेको हुन्छ, समाजलाई र हाम्रो संस्थालाई पनि गाँजेको हुन्छ ।’ उनले प्रेसलाई पपुलिजमको रोगबाट नेपालको लोकतन्त्रलाई जोगाउन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend