२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 9.2K
    SHARES

  • images
    एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना
     

    काठमाडौं, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए । उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए । 


    ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी यस आक्रमणको  कडा शब्दमा निन्दा र भर्त्सना  गर्दछौँ,’ अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।’ 

     

    विज्ञप्तिको पूर्णपाठ :

    १ कात्तिक, २०८०

    गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं ।


    रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी यस आक्रमणको  कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ । 


    नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ । 


    हामी ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ । साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्दछौं । यसप्रकारका सबैखाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौं । 

    केपी शर्मा ओली
    अध्यक्ष

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend