२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अध्ययन गर्न प्रधानमन्त्री मुस्ताङ प्रस्थान


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 10.6K
    SHARES

  • images
    हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अध्ययन गर्न प्रधानमन्त्री मुस्ताङ प्रस्थान


    काठमाडौं, कार्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका छन् ।जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्।

    उनले स्थानीय जनतासँग अन्तरक्रिया पनि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग पनि छलफल गर्नेछन् ।

    सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाको कार्यक्रममा गएका प्रचण्डको छातीमा केही असहजता महसुस भएकाले मंगलबार दिउँसो स्वास्थ्य परीक्षण गराएका थिए । ‘एन्जियोग्राफी’ परीक्षणपछि उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट आएसँगै आज बिहानै उनी कार्यतालिका अनुसार नै मुस्ताङ गएका सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend