२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज दशैंको चौथो दिन, कुष्माण्डाको पूजा गरिँदै


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 8.2K
    SHARES

  • images
    आज दशैंको चौथो दिन, कुष्माण्डाको पूजा गरिँदै


    काठमाडौं, कार्तिक १ गते । दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ ।घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

    चौथो दिन आज कुष्माण्डा भगवतीलाई शुभकर्म थालनी,असत्यमाथिको जित र सृष्टिको प्रतीकको रुप मानेर शक्तिको लागि पुज्ने गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । कुभिण्डो उष्ण हावापानीको प्रकृतिमा हुर्किने फल भएकाले यसको भित्री गुण शीतल हुने हुँदा कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी शाकाहारी समुहले त्यसैको महाअष्टमीमा बलिसमेत चढाउने दिने गर्दछन् ।

    कुष्माण्डामा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख गरिएको बताउँदै पंञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष माधन भट्टराईले अन्यायमाथि न्यायको विजयका लागि कुष्माण्डा भगवतीको पूजा गरिने बताउँछन् ।

    भट्टराईले भने,‘अन्यायमाथि न्यायको विजयको लागि हामी कुष्माण्डा भगवतीको पूजा गर्छौ । दुष्टहरुलाई मारेको रक्तहातले अमृतको कलशलाई उहाँले समात्नुभएको छ । त्यस्ती भगवती कुष्माण्डाले मेरो कल्याण गर्दै मलाई शक्ति प्रदान गर्नुहोस् भनेर कुष्माण्डा भगवतीको पूजाआरधना गर्ने गरिएको भनेर शास्त्रीय बयान गरिएको छ ।’ घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend