२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

व्यवस्था भित्रको अवस्था परिवर्तन गर्न शान्त क्रान्ति सुरुआत गरेका छौंः सभापति लामिछाने


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 9.3K
    SHARES

  • images
    व्यवस्था भित्रको अवस्था परिवर्तन गर्न शान्त क्रान्ति सुरुआत गरेका छौंः सभापति लामिछाने


    काठमाडौं, ३० असोज । शान्त मतपत्रको माध्यमबाट व्यवस्था भित्रको अवस्था परिवर्तनको लागि आफूहरुले निलो क्रान्ति सुरुआत गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । आज काठमाडौंमा सम्पन्न दुई दिने पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीसँग कोही ‘नडराउन र नआत्तिन’ भन्दै परिवर्तनका लागि शान्त क्रान्तिको सुरुआत गरेको बताए ।

    उनले भने, ‘क्रान्ति हामीले गरेजसरी गर्न सकिने रहेछ नि, शान्त क्रान्ति, मतपत्रबाट गरिने क्रान्ति, विषय विज्ञहरुलाई राजनीतिमा ल्याएर गरिने क्रान्ति, विभिन्न क्षेत्रमा देखिएको विषम परिस्थतिको समाधनका लागि त्यसै क्षेत्रका विषयविज्ञलाई सहभागी गराएर, नागरिकलाई दुःख नदिइकन, रेलिङ नभाँचिकन, बाटोहरु बन्द नगरिकन, शान्त मतपत्रबाट पाँचपाँच वर्षमा हुने परिवर्तनमा आफ्ना एजेण्डा, भिजन, नारा, कार्ययोजनासहित नागरिकमा गएर भोट माग्ने र त्यही भोटको माध्यमबाट परिवर्तन गर्ने निलो क्रान्तिलाई सुरुवात गरेका छौ । नाम सुन्दा आत्तिन पर्दैन, तर्सनु पर्दैन ।’

    लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै जनताको चेतनालाई चुनौती नदिन चुनौती दिए । सोमबार ओलीले नयाँ दललाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दैै लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रका सूचकहरूलाई ‘रेड’ मा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईंकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ? भन्दै प्रश्न गरे ।

    सोमबार ओलीले विचार नभएको नयाँ दललाई भोट दिने जनता पनि कस्ता भनेर एक कार्यक्रममा टिप्पणी गरेका थिए ।सभापति लामिछानेले जनताले परिवर्तन चाहँदाचाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए। उनले पूराना राजनीतिक दलबाट १०–१५ वर्ष आशा गरेर बस्दा समेत परिवर्तन नभएकाले आफूहरु परिवर्तनका लागि आएको भन्दै थपे, ‘व्यवस्था होइन अवस्था परिवर्तन गर्न सकिन्छ भनेर हामी शान्तसँग आएका छौ । भएको व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ, कहाँकहाँ प्वालहरु परेका छन् र तिनलाई कसरी टालेर मूलुकलाई कसरी समृद्ध बनाएर लिएर जाने भन्ने हामी गर्न सक्छौं । हामीसँग भएका व्यवस्थामा र चिजमा प्रश्नहरु निकै छन् । ती प्रश्नलाई थाँती राखेर सदुपयोग गरौँ भन्ने हेतुले मैदानमा आएका छौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend