२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नागरिकता कागजको टुक्रामात्र होइन, हाम्रो मुटुको अंश हो’:  एनआरएन संस्थापक अध्यक्ष महतो


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 10.7K
    SHARES

  • images
    नागरिकता कागजको टुक्रामात्र होइन, हाम्रो मुटुको अंश हो’:  एनआरएन संस्थापक अध्यक्ष महतो


    काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै नागरिकताका लागि चलाएको अभियानले सार्थकता पाएको बताए। उनले देशलाई समृद्ध बनाउने एनआरएनए नेपालीको अभियानले वैधानिकता पाएको पनि सुनाए ।

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता दिएसँगै महतोले आफूहरुले प्राप्त गरेको गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको प्रतिक्रिया दिएका छन् ।

    एनआरएन नेपालीलाई नागरिकता वितरण गर्न सुरु गरेकाप्रति प्रधानमन्त्री प्रचण्ड र संसदप्रति आभार प्रकट गरेका उनले भने, ‘यो नागरिकता सानो कागजको टुक्रामात्रै होइन हाम्रो मुटुको अंश बन्ने छ ।

    हाम्रो प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं ।’उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने सम्बन्धित निकायको तर्फबाट सहजिकरण हुने र सजिलै नागरिकता पाउनेप्रति विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend