२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलमै रहेका थप १९ जनाको उद्धार


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 10.9K
    SHARES

  • images
    इजरायलमै रहेका थप १९ जनाको उद्धार


    काठमाडौं, ३० असोज । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीको सरकारले उद्धार गरेको छ ।आज परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको तेलअभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी  दिएका छन् । उनले भने,‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ।’
     
    परराष्ट्र मन्त्रालयले स्थानीय समय अनुसार तेलअभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक स्वदेश फर्कने जानकारी दिएको  हो । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित नेपाली राजदूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने बताए ।नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलालीसम्म पुर्याउने भएको छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पु¥याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । 
    यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु
    नन्दसिंह भुल
    सुजेन्द्र खड्का
    प्रतिभा रौनियार
    अनुमा डंगोल
    हिना खाँण
    आतिस गुरुङ
    जुनु गुरुङ
    मौसमी पाख्रिन
    प्रतिमा तिम्सिना
    राजकुमार मानन्धर
    संगीता दुलाल
    उर्मिला रावल
    ममता थापा
    दिलकुमारी अधिकारी कार्की
    निश्चल श्रेष्ठ
    समिता बस्नेत
    अम्बिका सुवेदी
    सिरता गुरुङ
    उर्मिला श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend