२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मोदीको कालापानी भ्रमणबारे नेपाल सरकार बेखबर : कमल थापा


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 9.5K
    SHARES

  • images
    मोदीको कालापानी भ्रमणबारे नेपाल सरकार बेखबर : कमल थापा


    काठमाडौं, ३० असोज । सरकार आत्मसमर्पणबादी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आरोप लगायका छन् । नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणबादी मानसिकताको उपज भएको बताए ।

    सुनसरी जिल्लाको इनरुवामा आयोजित विरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न विदेशीको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दाबी गरेका छन् । थापाले भने, ‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’ ।

    राष्ट्रपतिको भुमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आबश्यक रहेकोमा पुनः जिकिर गरेका छन् । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्नेसमेत बताएका छन् ।

    धर्मपरिवर्तन, बेरोजगारी ,कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरि सनातन हिन्दु अधिराज्य कायम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी, खड्ग जिसि, खेम ओझा लगायतले बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend