२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 6.9K
    SHARES

  • images
    २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ


    काठमाडौं, २९ असोज । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

    प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सहचालक हुन् । १६ वर्षीय किशोर पनि अर्को ट्रकमा काम गर्ने हुन् ।उनीहरु तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

    सिटी सफारीमा यात्रा गरिरहेकी युवतीलाई ट्रक पार्किङ गरेको स्थानमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend