२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 7.3K
    SHARES

  • images
    एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता


    काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा खगेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।उनले एनआरएनए अध्यक्षका बलिया प्रत्यासी आरके शर्माको टीमबाट आइतबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले शर्माको समुहबाट उम्मेदवारी दिएपनि उनलाई अन्य सबै समुहबाट पनि समर्थन रहेको छ ।

    उनको प्रस्तावकमा एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का र एनआरएनए युएसएका बिक्रम घिमिरे रहेका छन् भने समर्थकमा एनआरएनए बेल्जीयमका चित्र सुवेदी र एनआरएनए कतारका झबिन्द्र आचार्य रहेका छन् ।

    उनलाई उम्मेदवारी दर्तालगत्तै उपस्थित सबै अभियन्ताले शुभकामना दिएका थिए । न्यौपानेलाई उम्मेदवारी दर्तापछि एनआरएनए मुख्यालयमै रहेका अभियन्ताले शुभकामना दिएका हुन् । जसले एनआरएनएभित्र सौहार्दपूर्ण वातावरणमा चुनावी प्रक्रिया अघि बढिरहेको संकेत गर्ने अभियन्ताहरु बताउँछन् । एनआरएनएको मनोनयन दर्ताको समय सोमबारसम्म रहेको छ ।

    न्यौपानेको उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै गएका थिए । न्यौपाने उपाध्यक्ष पदका बलियो प्रत्यासीका रुपमा हेरिएका छन् ।

    न्यौपानेले एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आइसिसी सदस्य, एसिया प्यासिफिक सह–संयोजक,आईसिसि सचिव भएर संस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन ।न्यौपानेले मध्यपूर्व, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौँ नेपालीहरूको मुद्दा उठाउन, उनीहरूको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैँको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।

    मलेसिया र नेपालका सफल व्यवसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाइड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन ।

    न्यौपानेले आगामी कार्यकालका लागि आईसिसि उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा समेत गरिसकेका छन । एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेन्डालाई स्थापित गराउनका लागि आरके शर्मासँग सहकार्य गरेर अगाडि बढ्ने न्यौपानेको भनाइ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend