२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायललाई अमेरिकी समर्थनमाथी सर्वेक्षण, आयो चकित पार्ने नतिजा


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 9.6K
    SHARES

  • images
    इजरायललाई अमेरिकी समर्थनमाथी सर्वेक्षण, आयो चकित पार्ने नतिजा


    काठमाडौं, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ । जसका कारण विश्वका ठूला देशहरुले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश इजरायललाई पनि समर्थनमा गरेका छन । यो युद्धको अवस्थामा विश्वको महाशक्ति भनिने अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ । यसैबीच अमेरिकाले इजरायललाई दिएको समर्थनबारे सर्वेक्षण गरिएको थियो, जसको नतिजा मिश्रित आएको छ ।

    पीबीएस न्यूज आवर तथा मैरिस्ट पोलद्वारा गरिएको सर्वेक्षणले २३ प्रतिशत अमेरिकीहरूले हमाससँगको युद्धमा संयुक्त राज्य अमेरिकाले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्नुपर्छ भन्ने विश्वास गर्छन् जबकि ६५ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाले केही गर्नु हुँदैन भन्ने विश्वास गर्छन्। तर, ८ प्रतिशतले मात्र अमेरिकाले इजरायलको सार्वजनिक रूपमा आलोचना गर्नुपर्छ भन्ने विश्वास गर्छन्।

    इजरायलका बारेमा गरिएको सर्वेक्षणमा ६९ प्रतिशत डेमोक्र्याटले इजरायललाई समर्थन गरेका छन् भने ७७ प्रतिशत रिपब्लिकन र ५४ प्रतिशत स्वतन्त्रले समर्थन गरेका छन् । यस बाहेक आजका युवा वर्गलाई पनि सर्वेक्षणमा समावेश गरिएको थियो, जसमा ४८ प्रतिशतले अमेरिकाले इजरायललाई समर्थन गर्नुपर्छ भन्ने धारणा राखेका थिए ।

    ५१ प्रतिशत गैर–गोरा अमेरिकीहरूले इजरायलको समर्थनमा अमेरिकाले सार्वजनिक अडान लिनुपर्छ भनेका छन जबकि ७२ प्रतिशत गोराहरूले त्यसो गर्नुपर्छ भन्ने सोचेका छन् । यस सर्वेक्षणमा कुल १,३१३ वयस्कहरूलाई समावेश गरिएको थियो, जसको आधारमा इजरायललाई समर्थन गर्ने तथ्यांक सार्वजनिक गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend