२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विभेद विरुद्ध रास्वपा सतिसालझै उभिने छ : सभापति लामिछाने


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 8.1K
    SHARES

  • images
    विभेद विरुद्ध रास्वपा सतिसालझै उभिने छ : सभापति लामिछाने

    काठमाडौं, २९ असोज । आफ्नो पार्टी विभेद विरुद्ध सतिसालझै उभिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । सोमबार रास्वपाको ‘नीति मन्थन’ उद्घाटनमा उनले विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाजमा मान्छेलाई बस्न लायक नहुने चर्चा गर्दै भविष्यको पुस्ताका लागि विभेदरहित समाजको पैरवी गर्न रास्वपा प्रतिबद्ध भएर अगाडि बढ्ने बताए ।

    विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाज मान्छे बस्ने समाज नभएको उल्लेख गर्दै उनले थपे, ‘आज कतिपय विकसित देशहरु हाम्रो र आउँदै गरेको पुस्ताको सपनाको देश बनेका छन् नि ती देशहरुमा यदी विभेदको एक थोपो पनि चुहाइदिने हो भने ती ठाउँहरु बस्न लायक ठाउँ हुने छैनन् । त्यसकारण विभेदका विरुद्धमा हामी सति सालझैं खडा भएको प्रतिबद्धता व्यक्त गर्छु ।’

    उनले समाजलाई विभेदमा राखेर विकास सम्भव नहुने भन्दै आफ्नो पार्टी विभेदका विरुद्ध निर्मम भएर लाग्ने बताएका छन् । ‘समाजलाई विभेदमा राखिरहेर विकास वा संवृद्धिको परिकल्पना गर्नु भनेको त्यो दिवा सपना हो । त्यसकारण हामी यसमा निर्मम छौं र विभेदरहित समाजको पैरवी गर्नको लागि कटिबद्ध र प्रतिबद्ध छौ,’ लामिछानेले भने ।

    उनले रास्वपाले आफ्नो नीति निर्माणका लागि आम जनतामा पुगेर आम नागरिकको विचार प्रशस्तै सुनेको तथा त्यहाँबाट प्राप्त सुझावको आधारमा नीति मन्थनमा समावेश गरेको धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend