२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हनुमानढोका दसैँघरमा विधिवतरूपमा राखियो जमरा


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 7.3K
    SHARES

  • images
    हनुमानढोका दसैँघरमा विधिवतरूपमा राखियो जमरा

    काठमाडौं, २८ असोज । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो ।

    आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै  बन्दुक पड्काएर बढाई पनि गरिएको छ ।

    नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend