२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अफ्गानिस्तानमा एक सातामा तीन भूकम्प, एक हजारभन्दा बढीको मृत्यु


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 8.1K
    SHARES

  • images
    अफ्गानिस्तानमा एक सातामा तीन भूकम्प, एक हजारभन्दा बढीको मृत्यु


    काठमाडौं, २८ असोज । अफगानिस्तानमा एक हप्तामा तेस्रो भूकम्प गएको छ । पश्चिमी अफगानिस्तानमा पुनः भूकम्प गएको हो । केही दिनअघि मात्र यस क्षेत्रमा दुईवटा ठूला भूकम्पका गएका थिए । जसबाट एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

    अमेरिकी भूगर्भ सर्वेक्षण ( युएसजीएस) ले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । अहिलेसम्म कुनै हताहतको खबर आएको छैन । यसअघिका भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ ।

    आफ्नो रिपोर्टमा, युएसजीएसले पछिल्लो भूकम्पको केन्द्रबिन्दु इरानको सीमा नजिक रहेको अफ्गानिस्तानको तेस्रो ठूलो सहर हेरातबाट ३० किलोमिटर उत्तर–पश्चिममा रहेको बताएको छ। हेरातबाट करिब ४० किलोमिटर टाढाको ग्रामीण जिल्ला जिन्दजानमा गत शनिबारको भूकम्प गएको थियो ।

    अफगानिस्तान २०२१ मा तालिबानले कब्जा गरेपछि सरकारलाई प्रत्यक्ष रूपमा दिइने सहायता रोकिएपछि आर्थिक संकटबाट गुज्रिरहेको छ । यो देश यूरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगम नजिकै अवस्थित भएकोले विशेष गरी हिन्दुकुश पर्वतमालामा प्रायः भूकम्पहरू आइरहेका छन्।

    गत वर्षको जुन महिनामा पाक्टिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा एक हजारभन्दा बढीको ज्यान गएको थियो भने हजारौं घरबारविहीन भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend