२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हेलिकोप्टर दुर्घटना, घाइते सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 8.1K
    SHARES

  • images
    हेलिकोप्टर दुर्घटना, घाइते सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो


    काठमाडौं, २८ असोज । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनीबार गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।उनलाई उपचारको लागि आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने जानकारी दिएको थियो । हिजो राती नै उनलाई त्यसफर्त गिएको छ ।

    शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ ‘ सेडाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनिसमस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ’ ।शनिवार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend