२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलमा हमला गर्ने हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 10.0K
    SHARES

  • images
    इजरायलमा हमला गर्ने हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

     

    काठमाडौ, २७ असोज । इजरायलले आफनो भुमीमा आक्रामण गर्ने हमासका मुख्य कमाण्डरलाई मारेको दावी गरेको छ । इजरायलको रक्षा बल (आईडीएफ) ले इजरायलमा अक्टोबर ७ मा भएको हमलाको नेतृत्व गर्ने हमास कमाण्डर अली कादीलाई मारेको जनाएको हो ।

    इजरायली सेनाले भने कि देशको सुरक्षा एजेन्सी शिन बेटको गुप्तचर निर्देशनमा एक विमानले शनिबार कादीलाई मारेको थियो। कादीलाई इजरायलीहरूको अपहरण र हत्या गरेको आरोपमा सन् २००५ मा पनि पक्राउ गरिएको थियो ।

    इजरायली सेनाका अनुसार पछि उनलाई हमासको बन्दी बनाएको आइडीएफ सिपाही गिलाड शालितको सट्टामा रिहा गरिएको थियो, जसले गत शनिवार इजरायल माथी हमला गर्ने मुख्य नेतृत्वदायी भुमिका खेलेका थिए । यसबारेमा हमासले अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend