२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए राजीनामा


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 8.6K
    SHARES

  • images
    कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए राजीनामा

     

    काठमाडौ, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    ‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो’ थापाले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend