२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 10.0K
    SHARES

  • images
    जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

     

    काठमाडौं, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्ममय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । 

    शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन । शुक्रबार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओैं कृति हो ।

    सत्यको खोज कृतिको समीक्षा गर्दै समिक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराईमा पसेर लेखिएको महत्वपूर्ण दस्तावेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमुलक कृति भएकोसमेत बताएका छन । वाङ्मयपुरूष जोशी पुत्र अणुराज जोशीले सत्यको खोज भित्र सत्यमोहन जोशीको ईति वृतान्त समावेश रहेको र लेखक रसिकको लेखन शैली आकर्षक भएकाले पाठकले कृति रूचाउने बताए ।


    सो कार्यक्रममा  आर मानन्धरद्वारा लिखित जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ‘कवि कविताको छवि दुर्गालाल श्रेष्ठ’ र कमल प्रसाद मल्लको ‘क्लासिकल नेवार लिट्रेचर’ पनि एकसाथ लोकार्पण भएको छ।  लेखक आर मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा आन्दोलनमा साहित्य, गीत, नाटकबाट जनताका लागि चेतना जगाउन पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए। 

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो भौतिक शरीरको भर नरहे पनि कृतिमार्फत आर मानन्धरले आफ्ने जीवनको पुरै चित्र कृतिमा उतारेको बताए । समिक्षक सुरेश किरण मानन्धरले ‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’को समीक्षा गरेका थिए । उनले जनकवि श्रेष्ठको बारे लेखिएको उक्त पुस्तकमा उनी जनताको कवि भएकाले उहाँको योगदान जान्न चाहने पाठकलाई निकै महत्त्वपूर्ण कृति रहेको बताए । 

    ‘क्लासिकल नेवार लिट्रेचर’ को समीक्षा भने मल्ल के सुन्दर र सर्जक अभि सुवेदीले गरेका थिए । कार्यक्रम तीन वटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयोजना गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend