२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्यालेस्टाइनीलाई भुमी छाडन दिएको इजरायली आदेश प्रति कुबेतको आपत्ति


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 11.2K
    SHARES

  • images
    प्यालेस्टाइनीलाई भुमी छाडन दिएको इजरायली आदेश प्रति कुबेतको आपत्ति


    काठमाडौं, २७ असोज । इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएको आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हो । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ ।

    गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू–आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो ।

    पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुपरेको छ किनभने तिनीहरू नाकाबन्दी गरिएको इलाकाको दक्षिणतिर गईरहेका छन् । इजरायलले प्यालेस्टाइनी भुमीमा हवाई आक्रमणहरू जारी राखेको छ। यसअघि अलजजिराले समाचार प्रसारण गरेको थियो कि इजरायली हवाई आक्रमणमा दक्षिणतर्फ जाँदै गरेको आफ्नो काफिलेमा परी धेरै सर्वसाधारण मारिएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend