२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कमल थापाले राष्ट्पतिलाइ भने, ‘साझा हुनु भएन, राजिनामा दिनुहोस्’


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 8.6K
    SHARES

  • images
    कमल थापाले राष्ट्पतिलाइ भने, ‘साझा हुनु भएन, राजिनामा दिनुहोस्’


    काठमाडौं, २७ असोज । कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ । कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिएपछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले फोन संवाद गरेपछि आलोचना सुरु भएको हो ।

    सोही सन्दर्भलाई लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राष्ट्रपति पौडेलको उक्त कार्यको आलोचना गरेका छन् । उनले सोही विषयलाई लिएर राष्ट्रपति पौडेलले राजिनामा दिनु पर्नेसमेत माग गरेका छन् ।

    ‘कोसी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ,’ अध्यक्ष थापाले भनेका छन, ‘पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन, तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend