२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ललितपुरमा आफ्नै साथिलाई पेट्रोल छर्किने युवकको बयान– ‘हेपाई सहन नसकेर पेट्रोल छर्किएँ’


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 8.9K
    SHARES

  • images
    ललितपुरमा आफ्नै साथिलाई पेट्रोल छर्किने युवकको बयान– ‘हेपाई सहन नसकेर पेट्रोल छर्किएँ’

    काठमाडौँ । असोज २२ मा ललितपुरको ग्वार्कोस्थित तामाको मूर्ति बनाउने कारखानामा २४ वर्षीय अरुण विश्वकर्मालाई सँगै काम गर्ने अर्का युवकले पेट्रोल छर्केर आगो लगाए । ‘

    एसबी ह्याड ग्राफी’मा कार्यरत पर्साको सुवर्णपुर गाउँपालिका–६ घर भएका अरुणको आगलागीबाट ९० प्रतिशत शरीर जलेको छ । अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैछ ।

    अरुणलाई उनकै दाइ नाता पर्ने २६ वर्षका सुवास बिक उर्फ शिवुले पेट्रोल छर्केर आगो लगाएका हुन् । उनीहरू दुवैको घर पर्सा सुवर्णपुर–६ का स्थानीय हुन् । अरुणको शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि फरार भएका सुवासलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । असोज २३ मा उनलाई काठमाडौँको सुनधाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

    घटना भएको अघिल्लो दिन उनीहरूको बीचमा मनमुटाब भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपित युवकले आफूलाई ‘हेपेको’ हुनाले पेट्रोल छर्किएको प्रहरीसँग बताएका छन् । प्रहरीसँगको बयानमा सुवास विकले भनेका छन्–‘उसले मलाई हेप्यो अनि, रिस उठेर पेट्रोल छर्केको हुँ ।’

    अरुणलाई घाइते मात्रै बनाउने आफ्नो योजना रहेको आरोपितले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । उनले भनेका छन्–‘घाइते बनाउने योजना थियो, धेरै जलेछ ।’ तामाको मूर्ति बनाउने हुनाले उनीहरू आगोकै सहयोगमा काम गर्थे । पेट्रोल फाल्नासाथ अरुण जलेका हुन् । आरोपित पनि सामान्य घाइते भएका छन् ।

    सुवासविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend