२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सरकार र स्थानीय तहका कर्मचारीबीच वार्ता जारी


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 7.9K
    SHARES

  • images
    सरकार र स्थानीय तहका कर्मचारीबीच वार्ता जारी

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ । बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो ।

    स्थानीय तह कर्मचारी केन्द्रिय सङ्घर्ष समिति र निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय टोलीले बुँदागत रूपमा छलफल गरिरहेको हो ।

    मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी सङ्गठनका ५ जना र स्थानीय तह कर्मचारी सङ्घर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।

    बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषमा छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend