२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तीनकुने हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारी कारागार चलान


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 8.7K
    SHARES

  • images
    तीनकुने हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारी कारागार चलान

    गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चारजनाको बीभत्स हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी कारागार चलान भएका छन्।

    शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लाथि कारागार चलान गर्न आदेश दिएको हो। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा हत्यामा संलग्न एकजनालाई प्रतिवादी बनाएर बिहीबार मुद्दा दायर गरेको थियो। 

    काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो।

    उनीहरूको हत्या अभियोगमा भण्डारी पक्राउ परेका थिए। भण्डारीलाई घटनाको दुई दिनपछि भदौ ३१ गते काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको थियो।

    उनले बयानका क्रममा हत्या कसरी गरे भन्ने खुलाएका छन्। उनले नवीन राई भन्ने विशाल राईसँग आफ्नो रिसइबी रहेको र उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।

    हत्या गर्ने क्रममा घटना बाहिर आउने भएकाले घटना देख्ने सोही स्थानमा रहेका भुजेल परिवारलाई पनि सिध्याएको बयान दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend