२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलको तेल अभिभ एयरपोर्टमा नेपाल फर्किन भेला भए नेपाली


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 10.9K
    SHARES

  • images
    इजरायलको तेल अभिभ एयरपोर्टमा नेपाल फर्किन भेला भए नेपाली

     


    काठमाडौं, २५ असोज ।   इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाईन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन् । नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एयरपोर्टमा जम्मा भएको जानकारी दिएका छन् ।

    इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ।नेपाल एयरलाईन्सको जहाज केहीबेरमा त्यहाँ पुग्दैछ । विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण हुने र त्यहाँ दुई घण्टा बस्ने परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए ।

    त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ। हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend