२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सिक्किमको बाढीमा बेपत्ता भएका नेपालीहरुको खोजीका लागि पहल


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 9.2K
    SHARES

  • images
    सिक्किमको बाढीमा बेपत्ता भएका नेपालीहरुको खोजीका लागि पहल

    काठमाडौ, २४ असोज । साताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीहरुको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग आग्रह गरिएको छ ।असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरुका आफन्तले बताएका छन् ।

    काम गर्नका लागि गएका इलाम नगरपालिका–९ का उनीहरु बाढीको घटनापछि सम्पर्कबिहीन भएको स्थानीय बासिन्दाको भनाइ छ ।उनीहरुले खोजी गरिदिने जिल्ला प्रशासन कार्यालय इलामलाई अनुरोध गरेका छन् । इलाम नगरपालिका ९ का बिक्रम फियाकले टिस्टा नदीको बाढीले क्षति पुर्याएकै दिनदेखि उनीहरु परिवारसँग सम्पर्कबिहीन भएका हुन् ।

    उनका अनुसार सम्पर्कबिहीन भएकामा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायत छन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालीहरु सम्पर्कबिहीन भएको जानकारी आएपछि भारतीय पक्षसँग खोजी र उद्धारका लागि पहल भइरहेको छ ।

    भारतीय सुरक्षाकर्मी र प्रशासनसँग कुरा गरी बेपत्ता भएका नेपालीहरुको खोजी र उद्धारको पहलका लागि समन्वय भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।सीमावर्ती नेपाली गाउँका बासिन्दा कामका लागि सिक्किम, दार्जिलिङ, कालेम्पोङ जस्ता क्षेत्रमा जाने गरेका छन् ।उनीहरु पनि कामकै लागि त्यस सिक्किमतर्फ जाने क्रममा टिस्टा नदीको बाढीका कारण प्रभावित भएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend