२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल उड्दै


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 8.1K
    SHARES

  • images
    नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल उड्दै


    काठमाडौं, २४ असोज । प्रधानमन्त्रीको निर्देशन पछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।
    ‘
    इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ । ट्रान्जिट दुबइ । नेपाल एयरलाइन्सको जहाज जान्छ’ पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले भने ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसंगै प्रक्रिया अघि बढाइएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।

    उद्धारका लागि पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले, आज पर्यटन मन्त्रीलाई बोलाएर निर्देशन दिनु भएको र आजै त्यसतर्फ जहाज पठाउने तयारी भएको बताए । उनले भने ‘ आजै जान्छ प्रधानमन्त्रीले त्यसका लागि निर्देशन दिनुभएको छ ।’

    चार्टर विमान उडान र अवतरणका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ। नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयमार्फत भईसकेकोले आजै इन्स्योरेन्सलगायतका प्रक्रिया पुरा गर्नेसाथ विमान त्यसतर्फ जानेछ । इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। एक नेपाली वेपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend