२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प, क्षतिको विविरण आउन बाँकी


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 9.2K
    SHARES

  • images
    अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प, क्षतिको विविरण आउन बाँकी


    काठमाडौं, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

    आज महशुश गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको बिस्तृत बिवरण भने अझै आईसकेको छैन् ।

    अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ।

    तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प भएको बताएको छ । सो भुकम्पमा भएको क्षतिको बिबरण संकलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भुकम्प गएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend