२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अज्ञानता अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल 


सञ्चार डबली
  • मंगलबार, असोज २३ २०८०
  • 10.1K
    SHARES

  • images
    अज्ञानता अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल 


    काठमाडौ, २३ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक भएको बताएका छन् । 

    मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निमाणका लागि मानसिक विराम भएका मानिसमाथि लानचना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए । 

    उनले भने,‘समाजमा व्याप्त गरिवि, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ । त्यसैले मानसिक

    स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ । ’मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुखद अवस्था भएको उनको भनाई छ । 

    हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित  मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend