२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आखिर १२ किमी चौडा र ४१ किमी लामो गाजापट्टी के हो ?


सञ्चार डबली
  • मंगलबार, असोज २३ २०८०
  • 8.1K
    SHARES

  • images
    आखिर १२ किमी चौडा र ४१ किमी लामो गाजापट्टी के हो ?
     
    काठमाडौ, २३ असोज । इजरायली सेनाले आफ्ना सयौं मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ। त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ।

     

    आतङ्ककारी हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईलाई थाहा छ यो द्वन्द्वको मुल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन हो ।

    इजरायलका रक्षामन्त्री योभ गालान्टले हमासविरुद्धको प्रतिकारका बीच कडा सन्देश दिएका छन् । उनले इजरायलले गाजामा यस्तो कारबाही गर्ने बताएका छन् जुन आगामी ५० वर्षसम्म स्मरणीय रहनेछ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास र प्यालेस्टाइनलाई हटाउने आफ्नो वाचा फेरि दोहोर्‍याएका छन्। युद्धका यी खबरहरू बीचमा जान्नुहोस् कि आखिरमा गाजा पट्टी बिबाद के हो ?

    गाजा पट्टी इजिप्ट, इजरायल र भूमध्यसागरको बीचमा रहेको एउटा सानो क्षेत्र हो। यो संसारको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र हो। अतिबादी संगठन हमासले गाजा पट्टीबाट काम गर्छन, जसमा अहिले इजरायलमा आक्रमण गरिरहेको छ। गाजा पट्टीको लम्बाइ करिब ४१ किलोमिटर र चौडाइ ६ देखि १२ किलोमिटर मात्रै रहेको छ । गाजा पट्टीको जनसंख्या २० लाख भन्दा बढी छ। यहाँ हरेक वर्ग किलोमिटरमा करिब ४ सय मानिस बस्ने गरेको बताइएको छ ।

    विशेष कुरा के छ भने गाजा पट्टीमा बसोबास गर्ने अधिकांश प्यालेस्टिनीहरु रहेका छन् । यसमा शरणार्थी र मूल निवासी दुवै समावेश छन्। इजरायल सन् १९४८ मा स्थापना भएको थियो र त्यसपछि इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरु भएको हो । दुई बीचको सैन्य द्वन्द्वबाट आफ्नो जीवन बचाउँदै मानिसहरू गाजा पट्टीमा आए र बसोबास गरेका थिए । अधिकांश मानिसहरू गाजा शहरमा नै बस्छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend