२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको मौसम : देशका केही भू–भागमा वर्षाको सम्भावना


सञ्चार डबली
  • मंगलबार, असोज २३ २०८०
  • 7.9K
    SHARES

  • images
    आजको मौसम : देशका केही भू–भागमा वर्षाको सम्भावना

    मंगलबार, असोज २३, २०८०
    काठमाडौं । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । 

    कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

    विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आज राति आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend