२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलबाट नेपाली विद्यार्थीहरुको गुहार, गुम्छौ कि भन्ने डर छ, बचाईदेउ


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 6.7K
    SHARES

  • images
    इजरायलबाट नेपाली विद्यार्थीहरुको गुहार, गुम्छौ कि भन्ने डर छ, बचाईदेउ


    काठमाडौ, २२ असोज । इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकारले ढिलाइ गरिरहेको छ । गत शनिबारदेखि इजरायलमा आक्रमण जारी छ । तीन दिन बितिसक्दा पनि कुनै उपाय अवलम्वन नगरेकाले न बङ्कर भित्र लुकेर बसेका नेपालीहरूले सामाजिक संजाल मार्फत आँफूहरुलाई बचाँइदेउ भन्दै सरकारलाई आग्रह गरेका छन् ।

    उनीहरुले उद्धारमा ढिलाई हुँदा ज्यानै जानसक्ने बताएका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।

    सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारको अपिल गरेका छन् ।आफू लगायत चार ५ जना ३ दिन देखि बङ्करमा रहेको भन्दै उद्धारको अपिल गरेका हुन् ।

    ‘तीन दिन देखि यहाँ छौँ । ५ जना छौँ । एम्बेसी उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसेका छौँ’ उनी भन्छन्, ‘बङ्करमा ती मिसाइल खस्दा दर्शदान हुन्छ ।’ १० जनाको ज्यान गइसकेको भन्दै आफूहरू पनि असुरक्षित रहेको उनी बताउँछन् ।

    ‘१० जना साथी गुमाइसकेका छौँ हामी पनि गुम्छौ कि भन्ने डर छ । १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend