२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायल आतंकः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो एकै स्थानमा २ सय ६० शव भेटिए


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 9.7K
    SHARES

  • images
    इजरायल आतंकः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो एकै स्थानमा २ सय ६० शव भेटिए

     

    काठमाडौ, २२ असोज । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ ।गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृतगर्दै बीबीसीले जनाएको छ ।

    अहिले पनि सातदेखि आठ स्थानमा इजरायल भित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ । यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

    राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तिमा २ सय ६० जनाको शव फेला परेको बताएका छन् ।

    त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले खोजतलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव संकलन गर्न बाँकी रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend