२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलबाट मृतकको शव ल्याउने र घाइतेको उद्दार कार्य तत्काल गरियोस् : अध्यक्ष ओली


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 9.4K
    SHARES

  • images
    इजरायलबाट मृतकको शव ल्याउने र घाइतेको उद्दार कार्य तत्काल गरियोस् : अध्यक्ष ओली

     

    काठमाडौं, २२ असोज । इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । अतिवादी समुह हमासद्धारा इजरायलमा गराईएको आक्रामणमा परी १० नेपालीको ज्यान गए पछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन् ।

    ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना ।’इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रामणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend