२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पश्चिमी अफगानिस्तानमा भुकम्प:  मृत्यु हुनेको संख्या २ हजार नाघ्यो


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 8.1K
    SHARES

  • images
    पश्चिमी अफगानिस्तानमा भुकम्प:  मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

     

    काठमाडौं, २२ असोज ।  पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ ।

    अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात ४० किलोमिटर पश्चिममा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्यांक सार्बजनिक गरेको छ । 

    तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको संख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।

    ‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे।प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महशुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।

    संयुक्त राष्ट्रसंघको अघिल्लो मूल्याङ्कनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको सङ्केत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो ।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend