२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायल घटनाः शव ल्याउन र स्वदेश फर्कन इच्छुकको विवरण संकलन सुरु


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 8.9K
    SHARES

  • images
    इजरायल घटनाः शव ल्याउन र स्वदेश फर्कन इच्छुकको विवरण संकलन सुरु


    काठमाडौं, २२ असोज । इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई सरकारले उद्धारको लागि पहल सुरु गरेको छ ।

    परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत आवत –जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु गरेको जानकारि दिएको छ ।

    विज्ञप्तिमा लेखिएको छ, ‘ मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेशनको तयारी भइरहेको छ ।’गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend