२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

परराष्ट्रमन्त्री र इजरायली राजदूत गोडरबीच भेट, नेपालीको सुरक्षाबारे छलफल


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 9.2K
    SHARES

  • images
    परराष्ट्रमन्त्री र इजरायली राजदूत गोडरबीच भेट, नेपालीको सुरक्षाबारे छलफल


    काठमाडौ, २१ असोज । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासले गरेको आक्रमणबारे नेपालीको सुरक्षा र इजरायलको अवस्थाबारे इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।

    आज मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था,सुरक्षा र उद्धार सम्बन्धमा साउदले कुराकानी गरेका हुन् ।

    छलफलका क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार,आक्रमणमा परेका नेपालीको उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ ।

    मन्त्री सायदको चासोमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाउँदै इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend