२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता हो : परराष्ट्रमन्त्री साउद


सञ्चार डबली
  • शनिबार, असोज २० २०८०
  • 9.4K
    SHARES

  • images
    प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता हो : परराष्ट्रमन्त्री साउद

     

    काठमाडौं, २० असोज ।  परराष्ट्र मन्त्री नारायण प्रकाश साउद (एनपी) ले शैक्षिक क्षेत्रको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर व्यावसायीक शिक्षाको गुणस्तरलाई बढाई अगाडि लैजान जीवनोपयोगी शिक्षाको आवश्यकता भएको बताएका छन् ।

    आज काठमाडौंमा आयोजित जीपि कोईराला मेमोरियल सामुदायिक कलेजद्वारा आयोजित एक कार्यक्रमको सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रलाई सुधार गर्न व्यावसायीक र प्राविधिक शिक्षा आवश्यक भएको बताए ।

    उनले भने,‘अहिले प्राविधिक र व्यवसायीक शिक्षाको आवश्यकता मूलुकभरी बढेर गएको छ, र यो व्यवसायीक शिक्षा जीवनउपयोगी भएकाले रोजगारी पनि दिन्छ आज त्यो शिक्षाको मूलुकमा आवश्यकता छ ।’

    उनले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर अगाडि लैजाने विषय महत्पवूर्ण भएको उल्लेख गरे । उनले भने,‘हामीले शैक्षिक क्षेत्रमा राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर र जनशक्तिको आवश्यकतालाई दृिष्टगत गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर कसरी अगाडि लैजान सक्छौं भन्ने कुरा महत्वपूर्ण छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend