२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सरकार मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधानमा लाग्नुपर्छ : अध्यक्ष नेपाल


सञ्चार डबली
  • शनिबार, असोज २० २०८०
  • 7.0K
    SHARES

  • images
    सरकार मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधानमा लाग्नुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं, २० असोज । मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आग्रह गरेका छन् ।

    समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराएका छन् ।

    अध्यक्ष नेपालले आफूहरु क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताएका छन् । उनले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गरेका छन्

    यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend