२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

२२ गतेदेखि दसैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुला, भाडा नबढ्ने


सञ्चार डबली
  • शुक्रबार, असोज १९ २०८०
  • 10.6K
    SHARES

  • images
    २२ गतेदेखि दसैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुला, भाडा नबढ्ने

    शुक्रबार, असोज १९, २०८०
    काठमाडौं । दसैँतिहारका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो । सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ ।

    यातायात व्यवस्था विभागका महानिदेशक उद्धव प्रसाद रिजाले पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने निर्णय भएको बताएका छन् ।व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।

    दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend