२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपालमा रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्या भयो : मन्त्री किराती


सञ्चार डबली
  • बिहीबार , असोज १८ २०८०
  • 8.8K
    SHARES

  • images
    नेपालमा रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्या भयो : मन्त्री किराती


    काठमाडौं, १८ असोज ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै भएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा आज भएको छलफलमा उनले हवाई कम्पनी वा हवाई क्षेत्रमा धेरै संकट भएको उल्लेख गरे ।

    चिनियाँ जहाजको सन्दर्भमा उनले त्यसलाई चलाउने प्रक्षिणयुक्त पाइलट नभएको साथै त्यसका पार्टपूर्जाहरु नपाइने समस्याका कारण बन्द गरिएको बताए । उनले भने, ‘त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ, रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै छ नेपालमा, त्यसमा चिनियाँ जहाजको सन्दर्भमा हामी आएर बन्द गरेको होइन, अगाडिको सरकारले नै पारित गर्दै नउडाउनु भनेर बन्द गरिएको हो । चिनियाँ जहाजका लागि प्रक्षिणयुक्त पाइलट नभएको, यसको पार्टहरु नभएको यस्ता समस्याका कारण बन्द गरिएको हो ।’

    यस्तै, उनले चिनियाँ जहाजका सम्पूर्ण सामानहरु नपाउने हुँदा घाटा लाग्ने भन्दै यसको निकासका लागि पटकपटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए ।उनले भने, ‘चिनियाँ जहाजको सम्पूर्ण सामानहरु नपाउने भएको र धेरै घाटा लाग्ने कारणले गर्दा यसको निकासका लागि पटकपटक समिति गठन भएको छ । हामीले लिजको लागि पनि पहल गरेका थियौं कोही आउँदैनन् ।’

    प्रतिनिधि सभाअन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले वायु सेवा निगम डुबाउनका लागि को को कारक तत्व हुन् उनीहरुलाई दण्डित गर्नु आवश्यक भएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend