२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र, बझाङ भूकम्प पीडितलाई राहत दिन माग


सञ्चार डबली
  • बिहीबार , असोज १८ २०८०
  • 9.2K
    SHARES

  • images
    प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र, बझाङ भूकम्प पीडितलाई राहत दिन माग

     

    काठमाडौं, १८ असोज । बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।

    भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।

    एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकस पूर्ण जीवन विताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने कांग्रेस नेता महरले बताए।

    प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधानसभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै कांग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित थिए। प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफू स्थलगत निरीक्षणमा जाने र १८ गते नै राहत उद्धारका लागि बैठक डाँकिएको बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend