२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सर्पले डस्दा एकै घरका दिदीबहिनीको मृत्यु, सिंगो गाउँ नै शोकमा


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 24.5K
    SHARES

  • images
    सर्पले डस्दा एकै घरका दिदीबहिनीको मृत्यु, सिंगो गाउँ नै शोकमा

    २०८० असोज १७ गते 

    रुपन्देही । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीको मृत्यु भएको छ । सर्पदंशका कारण मंगलबार राति गम्भीर घाइते भएका जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।

    ‘अस्पतालमा उपचारका लागि आउँदा नै उनीहरुको अवस्था धेरै नाजुक थियो, सर्पले टोकेको बिरामीलाई जतिसक्दो छिटो उपचारका लागि अस्पताल ल्याउनुपर्नेमा ढिलो भएको हो, बहिनीको त आउँदा नै अवस्था कमजोर थियो, दिदीलाई प्रयास गरेपनि बचाउन सकिएन’ उनले भने ।

    एकैघरका दुबै छोरीको मृत्यु भएपछि अहिले परिवार र सिङ्गो भलवाड शोकाकुल बनेको स्थानीयले बताए । वडाध्यक्ष कमल पौडेलले दुवै छोरीको एकैपटक सर्पले टोकेर मृत्यु भएपछि परिवारसहित सिंगो गाउँ नै शोकमा डुबेको बताए । ‘सारै नराम्रो घटना भयो, एकैपटक दुई जना बच्चा गुमाउँदा परिवारलाई कस्तो भयोहोला, हामी छिमेकी सबै शोकमग्न छौं’ उनले भने । मोतीलाल क्षेत्रीका तीन वटा छोरी रहेका थिए जेठी ११ वर्ष, माइली ८ र कान्छी ३ वर्षका थिए । क्षेत्री परिवारले माइली र कान्छी छोरी गुमाएर शोकमा परेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend