२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एक युवकलाई काठमाडौंमा बन्धक बनाएर राखेको आरोपमा दुई जना पक्राउ


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 13.7K
    SHARES

  • images
    एक युवकलाई काठमाडौंमा बन्धक बनाएर राखेको आरोपमा दुई जना पक्राउ

    युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं सामाखुसी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका छन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलका अनुसार काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई बन्धक बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    काभ्रेको तेमाल –७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई अपहरण तथा बन्धक बनाइ राखेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

    नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।​

    आरोपितहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend