२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दिदीबहिनीलाई नै एउटै सर्पले डस्योः एकको मृत्यु, अर्काेको अवस्था गम्भीर


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 12.4K
    SHARES

  • images
    दिदीबहिनीलाई नै एउटै सर्पले डस्योः एकको मृत्यु, अर्काेको अवस्था गम्भीर

    रूपन्देही । कपिलवस्तुको वाणगंगामा एकै घरका दुई बालिकालाई सर्पले डस्दा एकको मृत्यु भएको छ । अर्को एक जनाको अवस्था गम्भीर रहेको छ ।

    वाणगंगा नगरपालिका- ९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो ।

    वाणगंगा नगरपालिका- ९ का वडाध्यक्ष कमल पौडेलले गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा बहिनीको मृत्यु भएको र दिदीको अवस्था चिन्ताजनक रहेको बताए ।

    रीतिकाको उपचारको  क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु, अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । इशिकाको भने भेण्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए । 

    एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend