२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजनले त्रिशूलीमा हाम फालेर गरे आत्महत्या !


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 13.1K
    SHARES

  • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजनले त्रिशूलीमा हाम फालेर गरे आत्महत्या !

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।

    असोज १५ साँझ साढे ६ बजे देवकोटाले त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो ।

    धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले भने, ‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने छ । अहिलेसम्म शव भेटिएको छैन । अहिले नदीमा भेलबाढी पनि आइरहेको छ । गोताखेर प्रयोग गरेर शव खोजी भइरहेको छ । आत्महत्या गर्नेका बुबा आउनुभएको थियो ।

    हामीले सुसाइट नोट भए प्रहरीलाई दिनुस् भनेका छौं ।’ प्रत्यक्षदर्शीहरुसँग बुझ्दा देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या गरेको बुझिएको मिश्रले बताए ।

    देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए । देवकोटाको घर हेटौंडा उपमहानगरपालिका- २ चौकीटोल हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend