२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भेपमा सुन ल्याउने चिनियाँ नागरिकका ड्राइभर पक्राउ


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 11.4K
    SHARES

  • images
    भेपमा सुन ल्याउने चिनियाँ नागरिकका ड्राइभर पक्राउ

    काठमाडौं । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।

    संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो। 

    पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। यही प्रकरणमा दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। 

    सोही प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ। 

    फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडाैँ भित्र्याइएको थियो। सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन्। तर सुन ल्याउने दावा जिन भने नेपालमा अनुसन्धान सुरु भएपछि चीन फर्किएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend