२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपालगञ्जको सिमा नाकामा रोकिएका अलपत्र यात्रुहरूलाई प्रहरीको स्कटिङ


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 11.1K
    SHARES

  • images
    नेपालगञ्जको सिमा नाकामा रोकिएका अलपत्र यात्रुहरूलाई प्रहरीको स्कटिङ

     

    २०८० असोज १७ गते
    रुपन्देही । बाँकेको नेपालगञ्जमा मंगलबारदेखि लागेको कर्फ्यूका कारण सो क्षेत्रको मुख्य नाका जमुनाहा नाका भएर यात्रा गर्ने यात्रुहरू अलपत्र परेपछि सुरक्षा निकायले अलग्गै गाडीको व्यवस्थापन गरेर उनीहरुलाई गन्तव्यमा पुर्याउन थालेको छ । हिन्दु–मुस्लिम तनाव कम गर्न नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्यूका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका थिए ।

    जमुनाहा नाकाका प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर विष्टका अनुसार नाकामा जम्मा भएका यात्रुहरुलाई जम्मा गरेर कर्फ्यू लगाइएको क्षेत्रभन्दा माथि प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्याइरहेको छ । त्यहाँबाट गन्तव्यमा पुर्याउन थालिएको हो । यसअघि नाकामा अलपत्र यात्रुहरुलाई समस्यामा परेको समाचार आएपछि सुरक्षा निकायले सक्रियता देखाएर उनीहरुलाई गन्तव्यमा पुर्याउन सहजीकरण गरेको हो ।

    स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यू लगाएको छ । मंगलबार कर्फ्यू लगाइएको भएपछि झडपहरु भएको नेपालगञ्जमा बुधबार भने शान्त देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन ।

    प्रहरी प्रवक्ता डाँगीले जरुरी काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेको र जरुरी काममा निस्केकालाई सहजीकरण गरेर पठाउने गरेको बताए । अहिले सर्वपक्षीय भेला बोलाएर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गरिने भएको छ । चाडपर्व नजिकिएकाले जमुनाह नाकामा भीड बढेको छ । यो नाका पश्चिम क्षेत्रका लागि भारत आउजाउ गर्ने मुख्य नाका हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend