१७, आश्विन २०८०
धादिङ। पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बुधवार बिहान ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको छ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
मृत्यु हुनेमा वागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।


