२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इन्द्रजात्रा हेर्न गएका किशोरको हत्या आरोपमा एक जना पक्राउ


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 10.9K
    SHARES

  • images
    इन्द्रजात्रा हेर्न गएका किशोरको हत्या आरोपमा एक जना पक्राउ

    इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक किशोरको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको हत्या भएको थियो। उनको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

    उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरीका १९ वर्षीय अर्विन्द ठकुरीलाई पक्राउ गरेको हो।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका सनीलाई उपचारको लागि ट्रमा सेन्टरमा रिफर गरिएको थियो। पछि मनमोहन अस्पतालमा पुर्‍याउँदा ११:५८ मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend