२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दोलखा ११ किलो सुन प्रकरण: चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 9.1K
    SHARES

  • images
    दोलखा ११ किलो सुन प्रकरण: चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

    काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । ‘पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउँदैछौं’, उनले भने । पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् ।

    यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो । पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो र अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएकाले सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

    सीआईबीबाट एसपी होविन्द्र बोगटीले अनुसन्धानको सुपरिवेक्षण गरिरहेको ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । ‘प्राविधिक पक्ष र डकुमेन्टेसनमा सहयोग गर्ने टोली पनि पठाएका छौं’, उनले भनिन् । यसरी आउने सुन बौद्ध, ठमेल लगायतका क्षेत्रमा बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend